Friday, April 21, 2017

मधेसीबादि दल येकता पछि कता ?


संविधान संशोधनको मुद्धामा असन्तुष्टि जनाउँदै सरकारविरुद्ध आन्दोलन घोषणा गरेका विभिन्न मधेसवादी दलहरुबीच एकाएक एकीकरण भएको सन्दर्भ यतिबेला चर्चामा छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्रका ६ दलले पार्टी एकीकरणको घोषणा गरेका छन् । ‘मधेशी एकता आजको आवश्यकता’ भन्दै एकीकृत दल राष्ट्रिय जनता पार्टीको घोषणा गरिएको हो । काठमाडौंमा पार्टी एकीकरण कार्यक्रमको आयोजना गरी मोर्चामा आवद्ध ११ सांसद रहेको तराई–मधेश लोकतान्त्रिक पार्टी, ६ सांसद रहेको सद्भावना पार्टी, तीन सांसद रहेको तराई मधेश सद्भावना पार्टी नेपाल, तीन सांसद रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, एक सांसद रहेको नेपाल सद्भावना पार्टी र एक सांसद रहेको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टीबीच एकीकरण भई राष्ट्रिय जनता दल गठन भएको हो । मोर्चाभित्रको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल भने सो दलमा संलग्न भएन ।

राष्ट्रिय जनता पार्टीले सामूहिक नेतृत्वको सिद्धान्तलाई अवलम्बन गर्दै अध्यक्ष मण्डलीय प्रणालीअनुसार चल्ने बताइएको छ । अध्यक्ष मण्डलीय प्रणालीअनुसार राजपामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र यादव, अनिलकुमार झा र राजकिशोर अध्यक्ष रहेका छन् ।

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले काठमाडौंले मधेशीलाई गुमाइसकेको र अब मधेश पनि गुम्न सक्ने दोहो¥याए । यो एकीकरणले मधेश मात्र नभएर नेपालका सम्पूर्ण उत्पीडित जनताको लागि संघर्ष गर्ने उनको दाबी थियो ।

मधेशवादी दलहरूबीच बिहीबार भएको ऐतिहासिक एकीकरण घोषणापछि मधेसमा खुशियालीको माहोल बनेको सम्बन्धित दलहरुको दाबी छ । एकताको खुशियालीमा मधेशमा कहीं मिठाई बाँडिएको थियो भने कतै त दीपावलीसमेत गरिएको पाइयो ।

यता, मधेसी दललाई वार्ताको माध्यमबाट निर्वाचनमा ल्याउन सरकारी प्रयत्न जारी छ । मधेसी दलहरुबीच एकता किन भयो भन्ने सवालमा पनि विभिन्न अनुमान गरिएको छ । उनीहरुले थप संघर्ष चर्काउने हुन् कि निर्वाचनमा जाने तयारी गर्ने हुन्, यसै भन्न नसकिने विश्लेषकहरु बताउँछन् ।

No comments:

Post a Comment