Friday, August 25, 2017

fear of future


मानिसले सधै ब्रर्तमानलाई महत्त्व दिनुपर्छ भबिस्य त केबल येउटा भ्रम मात्र हो।
एक दिन बुद्ध आफ्नो चेलाहरु सग कुनै नदिको किनारमा यात्रा गरिरहेका थिये त्यही नजिकै केही केटाकेटीहरु बालुवाको घर बनाउने खेल खेलिरहेका थिये। कसैले अलिक राम्रो र ठूलो घर बनाउने कसैले आफ्नो बुद्धि र चहना अनुसार सानो ठिकको घर बनाउदै खेलिरहेका थिये त्यहि क्रममा येकले आर्कोको घर भत्काउन र बिगार्न थाले येक किसिमको झगडाको माहोल थियो तर यो सबै घटना परिघटना बुद्ध र उनका शिष्यहरुले राम्रो सग अनुगमन गरिरहेका थिये।
येहि क्रममा साझ पर्न थाल्छ र येउटी स्त्री आयेर ती केटाकेटि हरुलाइ घर जाउ रात पर्न आटिसक्यो तिम्रो आमाहरुले तिमिहरुलाइ पर्खिरहेका छ्न त्यति सुनसाथ ती केटाकेटीहरु घर जानू अघि ती सबै बालुवाको घर भत्काउन थाल्छ्न,बिगार्न थाल्छ्न त्यस बखत त्यो बालुवाको घर भत्किएकोमा कसैलाई केही मतलब हुदैन कोहि झगडा पनि गर्दैनन त्यो बालुवाको घरका निम्ति।
ति केटाकेटी घर गयेपछी भगवान बुद्ध आफ्नो चेलाहरुलाइ भन्नू हुन्छ जसरी ती केटाकेटीलाई साझ परे पछि त्यो बालुवाको घर् को महत्व भयेन तेसरी नै हामिले भबिस्यलाई संचित गरेर राखेको सम्पत्तिको पनि समय आयेपछी कुनै महत्त्व हुदैन तसर्थ बर्तमान मा जिउ भबिस्यको चिन्ता नगर भबिस्य त केबल येउटा भ्रम मात्र हो


No comments:

Post a Comment