Wednesday, May 24, 2017

प्रचण्डमा आयेको परिवर्तन

आज सामजिक संजालमा प्रचण्डको राजिनामा धेरै चर्चा र मिश्रित प्रतिक्रिया आयेको छ र येसलाइ समन्वय रुपमा लिनु पर्छ।
सन्दर्भ छ,  जनयुद्धको पृष्ठभुमि बाट आएका हाम्रा प्रधानमन्त्री प्रचण्डको बिगतमा बेलाबेलामा क्रन्तिको स्वरुप द्वन्द्वको छाँया देखिन्थ्यो जस्तै उधाहरणको लागि सेनापति प्रकरण होस वा पशुपति यी दुबै प्रकरण  बिबादास्पद र प्रचण्डको कर्यकाल असफल बनाउने भुल हुन तर यो पछिल्लो कर्यकालमा त्यति धेरै उग्र क्रान्तिकारी भुल भयेको हेर्न पाइयेन समग्रमा केही सकारात्मक परिवर्तन भएको हो कि भने जस्तै भयो।
सकारात्मक कर्यहरुलाइ हेर्दा भखरै चीनसग गरियेको हस्ताक्षर जुन अतन्तै महत्त्वपूर्ण र अवसर हो नेपालीका लागि। कुलमान जस्तो योग्री ब्यक्तिलाइ स्वतन्त्रपुर्बक काम गर्ने बताबारण बनाउनु अझ परिपक्वताको आउटा उधाहारण हो।
सबभन्दा ठूलो कुरा चही आफ्नो पार्टीको राम्रो परिणाम आउदैन भन्ने जनिजनि परिवर्तनका निम्ति चुनाब गराउनु ज्यदै ठुलो साहास हो। यी येस्ता कार्य हरुको पछि मुल्यांकन हुनेछ र इतिहासमा प्रचण्ड जस्तो ब्यक्तिमा पनि सकारात्मक  परिवर्तन भयो भन्ने सन्देश जन्छ।
आब कुरा गरौ यो कर्यकालमा बिगत बाट नसिकियेको पाठहरु जस्तै पशुपति र सेनापती प्रकरणमा सफलता हात नलागेको इतिहास बिर्सिएर फेरिपनी प्रधानन्यायाधीशलाई महाअभियोग लागाउनु जुन गर्नै नहुने गल्ती थियो जस्लाइ नेपाली जनताले नसिकियेको पाठ भनेर बुझ्ने छन।
आफ्नो पार्टीको राम्रो परिणाम आउदैन भन्ने थहा हुदा हुँदै निर्वाचन गराउनु सकारात्मक हो भने तर येकै पटक पुर्ण गराउन नसक्नु अपरिपक्वताको अर्को उधाहरण हो। प्राबिधिकरुपले येकै पटक गर्न नसकेको भये ठिकै पनि हुन्थो होला तर राजनीतिक रुपले दुइचोटी चुनाब गर्दा केही गलत सन्देश जान सक्छ र सम्भ्वत यो नै पहिलो चोटि होला नेपालमा राजनीतिक रुपले दुइचोटी चुनाब गर्ने योजना।

यदि परिस्थितिले दुइचोटी नै चुनाब गर्नु परेको भयेको छ भने नि आफुले येउटै सरकारले चुनाब सम्पन्न गरेर राजीनामा दिनु पर्थो यो पनि येउटा ठूलो भुल हो।

समग्रमा भनु पर्दा प्रचण्डमा केही सकारात्मक परिवर्तन आयेको देखिन्छ र भबिस्यमा आझ परिवर्तन र परिपक्वता आउनेछ भने आशा नेपाली जनताले रखेका छ्न।

No comments:

Post a Comment